Logo
Logo

प्रहरीलाई समायोजनमा एक तह बढुवा दिन छायाँ गृहमन्त्रीको माग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ जेठ ।

कांग्रेस सांसद तथा छायाँ सरकारका गृहमन्त्री दिलेन्द्र बढुले नेपाल प्रहरीलाई प्रदेश प्रहरीमा समायोजन गर्दा एक तह बढुवा दिन माग गरेका छन् ।
उनले कर्मचारी समायोजन गर्दा पनि एक तह बढुवा गरेको नजिर देखाउँदै प्रतिनिधिसभाको बैठकमा उनले भने, “हिजो कर्मचारी समायोजन गर्दा पनि एक तह बढुवा दियौँ । अहिले प्रहरीलाई एक तह बढुवा दिएर प्रदेशमा लैजाँदा उनीहरूको मनोबल उच्च हुन्छ ।”


उनले ढिलै भए पनि प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उनले त्यस्तो बताएका हुन् ।
समायोजनमा प्रहरीमाथि अन्याय भएको भन्दै आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्