Logo
Logo

कार्यविभाजनबारे ओली र प्रचण्डबीच तीन घन्टा छलफल


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, ७ जेठ ।
नेताहरुको कार्यविभाजन तथा पोलिटब्यूरो गठनबारे प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बधुबार बालुवाटारमा लामो छलफल भएको छ । बिहान ९ बजे बालुवाटार पुगेका प्रचण्ड र ओलीबीचको तीन घण्टा गोप्य छलफलपछि उनीहरुले पार्टीका महासचिव विष्णु पौडेललाई पनि छलफलमा बोलाएका थिए । त्यसपछि ओली प्रचण्ड र महासविव पौडेलबीच त्रिपक्षीय छलफल भएको छ ।


छलफलमा कार्यविभाजनबारे नै मुख्य रुपमा छलफल भएको स्रोत बताउँछ । पार्टी एकताको एक वर्ष पुग्दा पनि उच्च नेताहरुले नै जिम्मेवारी पाएका छैनन् । नेकपाको एकता प्रक्रिया अन्र्तगत पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यहरुको कार्यविभाजनको पनि तयारी भइरहेको छ ।
यीनै विषयमा ओली र प्रचण्डबीच करिब तीन घन्टा छलफल भएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्