Logo
Logo

प्रहरी समायोजन बिधेयक संसदबाट स्वीकृत, प्रहरीले दुई ग्रेड बढुवा पाउने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, जेठ ८ गते ।
प्रतिनिधिसभाको बैठकले ‘प्रहरी समायोजन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको आजको बैठकमा सो विधेयक प्रस्तुत गरेका थिए ।


विधेयमाथिको सैद्धान्तिक पक्षको छलफलमा दिलेन्द्रप्रसाद बडू, जनार्दन शर्मा, प्रेस सुवाल, मीना पाण्डे र देवेन्द्रराज कँडेलले भाग लिएका थिए । उनीहरुले केही संशोधनको प्रस्ताव गरेपनि बिधेयक स्वीकृत भएको छ ।
छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री थापाले मुलुक सङ्घीय व्यवस्थामा प्रवेश गरिसकेकाले शान्ति सुरक्षाको जिम्मेवारी लिएको प्रहरीलाई थप व्यवस्थित गर्ने ढङ्गले विधेयक ल्याइएको भन्दै यसले प्रदेशको अधिकारलाई हस्तक्षेप नगर्ने प्रस्ट पारे । उनले भने , “विधेयकले प्रदेशलाई अधिकार प्रत्यायोजन गरेको छ, केन्द्रको नियन्त्रण र निर्देशन चल्नेछैन, प्रहरीको सरुवा बढुवालगायतको काम प्रदेश सरकारले नै गर्नेगरी विधेयकमा व्यवस्था गरिएको छ ।’
बिधेयकको प्रावधानअनुसार प्रदेशमा समायोजन हुने प्रहरीले दुई ग्रेड बढुवाको सुविधा पाउँने छन् । तर, कुन तहसम्मको प्रहरीलाई समायोजन गर्ने भन्ने प्रष्ट छैन ।

प्रतिक्रिया दिनुहोस्