Logo
Logo

प्रहरीकै सहयोगमा भागेका सुन तस्करीका नाइके सेटिङमा छुटे




काठमाडौं । ३८ सय केजी सुन तस्करी प्रकरणका एक मुख्य नाइके अदालतबाट तीन लाख रुपैयाँ धरौटीमा छुटेका छन् । एमके भनिने मोहन कुमार अग्रवाल जिल्ला अदालत मोरङमा उपस्थित भइ छुटेका हुन् ।


इन्टरपोलले रेड नोटिस जारी गरेका उनी भारतमा लुक्दै आएका थिए । उनी भारत भागेको भोलिपल्ट गृह मन्त्रालयको बिशेष टोलीले कालिकास्थानस्थित उनको घरमा छापा हानेको थियो । प्रहरीकै केही अधिकारीले उनलाई भगाएका थिए ।


उनै अग्रवाल अदालतबाट तीन लाख धरौटीमा छुटेका हुन् । उनी अब आफ्नो सम्पत्ति जोगाउनतर्फ सेटिङमा लागेको स्रो बताउँछ । उनको कालिकास्थानको घर समेत सिल गरिएको थियो । सबै सम्पत्ति रोक्का भएकोमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा सेटिङ मिलाएर करोडौंको सम्पत्ति जोगाउन उनी लागिपरेका छन् ।


यसअघि ३५ किलो सुन बरामद हुँदा पनि उनीविरुद्ध मुद्दा दायर भएको थियो । उनी सुन तस्करीका टप तीन व्यक्ति भएको प्रहरी स्रोत बताउँछ । सुन तस्करीबाटै उनले अरबौं सम्पत्ति जोडिसकेका छन् । प्रहरीले उनको घरबाट सुन जोख्ने मेसिन समेत बरामद गरिसकेका छ । यस्ता नाइकेहरुले सहजै उन्मुक्ति पाएपछि फेरि तस्करी मौलाउने सम्भावना देखिएको प्रहरी अधिकारीहरु बताउँछन् ।

फरार रहँदा पनि उनलाई पक्राउ गर्न प्रहरीले कुनै चासो दिएन । विमल पोद्दार लगायत समूहसँग मिलेर अग्रवालले हुन्डी र सुनको काम गर्दै आएका थिए । पोद्दारले त बयानमा आफ्नो उच्च प्रहरी अधिकारीसँग निकटता रहेको भनेर बयान नै दिएका थिए । अग्रवालको पनि केही प्रहरीसँग निकटता भएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्