Logo
Logo

महानगरपालिकाको भवन निर्माणमा करोडौं भ्रष्टाचार, कर्मचारीलाई मुद्दा, मेयरलाई उन्मुक्ति




काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुमा निर्माण गर्न लागेको भवन ठेक्का सेटिङमा भएको खुलेको छ । एउटा कम्पनीलाई मात्र मिल्ने गरी स्पेशिफिकेसन बनाएर टेण्डर भएको र गलत लिखत तयार भई समानान्तर निर्माण सेवालाई ठेक्का दिइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।


काठमाडौं महानगरपालिकाका निर्देशक भैरव बहादुर बोगटी, खरिद इकाई प्रमुख उप–निर्देशक बखत बहादुर साउद, उप–निर्देशक सुमन अधिकारी, उप–निर्देशक बीर बहादुर खड्का र इन्जिनियर उमेश कुमार बुढाथोकीविरुद्ध आयोगले मुद्दा दायर गरेको थियो । ठेक्का पाउने कम्पनीलाई प्रतिवादी बनाइएको छैन । त्यस्तै, यससम्बन्धि थप निर्णय गर्ने मेयर बिद्यासुन्दर शाक्य र प्रमुख कार्यकारी राजेश्वर ज्ञवालीले पनि उन्मुक्ति पाएका छन् । यसरी सेटिङमा भएको ठेक्कामा करिब १० करोड हिनामिना हुन लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्