काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा भएको मतगणनामा महामन्त्री पदमा गगन थापाको अग्रता कायम रहेको छ । निर्वाचन समितिका अनुसार मतगणना २५२० मा मत गणना हुँदा गगन कुमार थापा १६४८ मत ल्याएका छन् ।

त्यस्तै दोस्रोमा विश्व प्रकाश शर्मा १०१९, प्रकाश शरण महत ८२७, मत ल्याएका छन् । प्रदिप पौडेल ७४६, मिनेन्द्र रिजाल ४३६, राजाराम कार्की ६४ मत ल्याएका छन् । काँग्रेस महामन्त्रीमा दुई जना महामन्त्रीका लागि ६ जनाबीच प्रतिस्पर्धा हुँदा एक मतदाताले २ जनालाई भोट हाल्न पाउँछन् ।














