Logo
Logo

लिङ्कनले सार्वजनिक जग्गा मिच्यो



काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १३ कालिमाटीको रविभवनस्थित लिङ्कन स्कुलले सार्वजनिक सडक अतिक्रमण गरेको छ ।

स्थानीयका अनुसार उक्त जग्गा स्थानीयवासीले सार्वजनिक रुपमा प्रयोग गर्दै आएका थिए । पछि लिङ्कन स्कुलले पार्किङको रुपमा प्रयोग गर्न सुरु गरेको थियो । उक्त सार्वजनिक जग्गा अतिक्रमण गरी गत सातादेखि लिङ्कनले पर्खाल लगाउन थालेको स्थानीयवासीले बताएका छन् ।

यसरी जग्गा अतिक्रमण हुँदा वडा कार्यालय, काठमाडौं महानगरपालिका मौन छ । वडा कार्यालयको स्वीकृति विनै सार्वजनिक जग्गा अतिक्रमण गरी स्कुलले कम्पाउण्ड वाल लगाउन थालेपछि स्थानीयवासीले उक्त कार्य तत्काल रोक्नुपर्ने माग गरेका छन् ।

काठमाडौंस्थित अमेरिकन दूतावासद्वारा संचालित उक्त स्कुलमा विभिन्न कुटनीतिक नियोगका बालबच्चा पढ्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्