Logo
Logo

यसकारण हुन्छ पाठेघरको समस्या, कसरी पत्ता लगाउने ?


दिपमाला कार्की


महिलाको स्वास्थ्य पुरुषको तुलनामा अलि बढी संवेदनशील हुन्छ । जसका कारण पुरुषमाभन्दा केही बढी स्वास्थ्य समस्या महिलामा देखिने गर्छ । यसमा पनि प्रजनन् उमेर समूहका महिलालाई सामान्यदेखि जटिल प्रकृतिका स्वास्थ्य समस्याले सताइ रहन्छ ।

महिलाहरुसँग जोडिएका थुप्रै स्वास्थ्य समस्याहरु मध्येको एक हो– पाठेघरको समस्या । विवाहित महिला हुन् या अविवाहित किशोर सबैमा पाठेघरको समस्या भएको पाइन्छ ।

समान्यतया ५० देखि ५५ वर्ष नाघेका महिलामा मात्रै पाठेघरको समस्या पैदा हुन्छ भन्ने हाम्रो बुझाइ छ । उनीहरुमा महिनावरी बन्द भएको कारणले यस्तो समस्या आउने गर्छ । तर, २० देखि ४० वर्षका महिलामा पनि यस्तो समस्या आउने गर्दछ । कब्जियत, ग्यास्ट्रिक, शारीरिक व्यायम नगर्नु, मोटोपन, धेरै कसिलो कपडा लगाउनु, धेरै औषधि प्रयोग जस्ता कारण पाठेघर खस्ने समस्या हुने गर्दछ ।

पाठेघरको समस्या भएको कसरी पत्ता लगाउने ?

नेपालका महिलामा पाठेघरको मुखको क्यान्सर जटिल समस्याका रूपमा देखा परेको छ । यतिसम्म कि महिलामा देखिएको क्यान्सरमा सबैभन्दा बढी यसैको समस्या भएको पाइन्छ । उमेर नपुग्दै विवाह भएका, यौनसम्पर्क राखेका, धेरै पुरुषसँग शारीरिक सम्बन्ध राख्ने, धेरै सन्तान जन्माउने महिलामा यस्तो क्यान्सर हुनसक्छ ।

त्यस्तै, लगातार पेट दुखेमा, ग्यास भरिने तथा कब्जियत भएमा, कम्मरको दुखाई बढेमा, यौनाङ्ग चिलाउने र पोल्ने भएमा यौन सम्पर्क राख्दा पीडा भएमा बारम्बार पिसाव आएमा, पखाला र बान्ता आएमा पाठेघरको समस्या भएको बुझ्नु पर्दछ ।

पाठेघरको समस्या पत्ता लगाउन गाह्रो छैन । चाडै नै पत्ता लगाउन सकिन्छ । जसका लागि पिसावको परिक्षण गर्ने, पाठेघरको मुखको पानिको जाचँ गर्ने, अल्ट्रासाउण्ड, सिटीस्क्यानको माध्यमबाट आइभीयू वा एक्सरे गराएर पत्ता लगाउन सकिन्छ ।

यस्ता छन् रोकथामका उपाय

पाठेघरको मुखको क्यान्सरका रोकथामको लागि समय समयमा आईभिएफ परिक्षण गर्ने गर्नु पर्दछ । त्यस्तै, चिकित्सकको सल्लाह अनुरुप स्वास्थ्य परिक्षण गर्ने, सानो उमेरमा विवाह नगर्ने, धेरै सन्तान नजन्माउने र यौनसम्बन्ध सुरक्षित बनाउनुपर्छ  । सकेसम्म एकजनासँग मात्र यौनसम्बन्ध कायम राख्दा उपयुक्त हुन्छ  ।

समय–समयमा रगत परीक्षण गर्ने, आफ्नो यौनसाथीको स्वास्थ्यबारे जानकारी लिनेसमेत गर्नुपर्छ । त्यस्तै, शरीरको सरसफाइमा ध्यान दिनुपर्छ । खासगरी महिनावारीको समयमा संक्रमण हुन सक्ने सम्भावना बढी रहने हुँदा सरसफाइमा ध्यान दिन आवश्यक हुन्छ ।

पोषणयुक्त खानेकुरा सेवन गर्नुपर्छ  । विवाहित महिलाले वर्षमा एकपटक पाठेघरको पानी जाँच गराउनुपर्छ  । जसले संक्रमण भएको पत्ता लाग्नुका साथै क्यान्सर हुनबाट बच्न पनि सकिन्छ । संक्रमणको लक्षण देखिएमा सकेसम्म छिटो चिकित्सकको सल्लाह लिन जरुरी हुन्छ  । यसको उपचार समयमा नहुँदा महिलाहरू क्यान्सरको सिकार हुन सक्छन् । त्यसैले समयमै सचेत हुन जरुरी छ  ।

सन्तुलित भोजनमा फलफूल, हरियो सागपात प्रशस्त मात्रामा खाने र दैनिक ब्यायम पनि गर्नु पर्दछ । यसका साथै हेपाटाइटीस–बी विरुद्धको खोप लगाउने र ह्युमन प्यापिलोमा भाइरस खोप लगाउनाले पनि पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न सकिन्छ ।

त्यस्तै, गन्हाउने पानी बग्ने, महिनावारी अनियमित हुने, महिनावारी बन्द भइसकेको महिलाहरुमा पुनः रगत देखा पर्ने, यौन सम्पर्कपछि रगत देखा पर्ने जस्ता लक्षण देखा परेमा तुरुन्तै परीक्षण गर्न जरुरी हुन्छ ।

(लेखक स्त्री रोग तथा निशन्तान विशेषज्ञ हुन् ।)

प्रतिक्रिया दिनुहोस्