Logo
Logo

नागरिक लगानी कोष र अन्नपुर्ण न्यूरो अस्पताल सम्झौता



काठमाडौं । नागरिक लगानी कोष र अन्नपुर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलिड साइन्सबीच कोषका सहभागीलाई छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र अन्नपुर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा शरदहरि गजुरेलले हस्ताक्षर गरे । सो अवसरमा कोषका नायव कार्यकारी निर्देशक डा इन्द्रकुमार कट्टेल र अस्पतालका अपरेशन मेनेजर रोजिन बज्राचार्यको उपस्थिती रहेको थियो ।

सम्झौता पश्चात् कोषका सहभागी र कर्मचारीले न्यूरो अस्पतालबाट उपचार सेवा लिँदा छुट पाउनेछन । न्युरो अस्पतालले हेल्थ प्याकेजमा १५, ल्यावमा १०, रेडीयोलोजीमा १०, एम्वुलेन्स सेवामा १०, बेड शुल्कमा १० र सर्जरीमा १० प्रतिशत छुट दिने भएको छ ।

नशा रोग सम्बन्धमा अस्पतालको आफ्नो छुट्टै पहिचान रहेकोले कोषका सहभागी करिव सात लाख र कोषका कर्मचारी यसबाट लाभान्वित हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्