Logo
Logo

सरुवा भएको दुई महिनापछि काठमाडौं परिसरमा एसएसपी गिरी हाजीर भए



काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुखमा शुक्रबारदेखि एसएसपी सुदीप गिरीले कमाण्ड सम्हालेका छन् । दुई महिनाअघि नै उनको परिसरमा सरुवा भएपछि परिसरका एसएसपी अशोक सिंहले प्रधानमन्त्री शेरबहादुर देउवामार्फत आफ्नो सरुवा थमौती गरेका थिए ।


एसएसपी सिंहको एक वर्षको अवधि पुगेकाले सरुवा भएको हो । गृहको निर्णयलाई प्रधानमन्त्रीबाट चुनौती दिएको भन्दै उनीसँग गृहमन्त्री बालकृष्ण खाण समेत रिसाएका छन् । कांग्रेस महाधिवेशन सम्मका लागि भनेर सिंहलाई परिसरमा जिम्मेवारी दिइएको थियो । गृहमन्त्रीसँगको निकटताका आधारमा एसएसपी गिरीले काठमाडौं परिसरको जिम्मेवारी पाएको स्रोत बताउँछ । उनी पूर्व प्रधानन्यायाधीश केदार प्रसाद गिरीका छोरा हुन् ।


प्रहरी प्रधान कार्यालयले अन्य केही जिल्लाको इन्चार्ज पनि हेरफेरको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्