Logo

मोदीलाई दिए प्रधानमन्त्री ओलीले बधाई


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ जेठ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । भारतीय लोकसभा निर्वाचनको मोदी पार्टी भाजपा नेतृत्वको गठबन्धनले जित्ने निश्चित देखिएपछि प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो ट्वीटमार्फत बधाई दिएका हुन् । ‘सान्दार जितका लागि हार्दिक बधाई’ दिँदै आगामी दिनमा सहकार्यका लागि समेत आफू आशावादी रहेको उल्लेख गरेका छन् ।


भारतीय लोकसभा निर्वाचनको मतगणना बिहीबार बिहान सुरु भएको छ । मोदीको नेतृत्वमा रहेको नेसनल डेमोक्रेटिक एलाइन्सले बहुमत स्थानमा अग्रता लिएको छ, तर अन्तिम परिणाम भने राती मात्र सार्वजनिक हुने छ ।
नतिजाअनुसार मोदी नै भारतको प्रधानमन्त्री हुने लगभग निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्