Logo
Logo

‘उत्कृष्ट डिजाइनर’ बन्न १६८ जना भिड्दै



काठमाडौं । एकैसाथ १६८ जना डिजाइनरहरु रनवेमा उत्रँदैछन् । यही आउँदो माघ ८ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा डिजाइनरहरु रनवेमा उत्र्रँन लागेका हुन् । इन्टरनेशनल इन्टिच्युट अफ फेसन टेक्नोलोजी (आईआईएफटी)ले उनीहरुलाई स्टेजमा उतार्न लागेको हो ।

फाइल फोटो

आईआईएफटी एउटा यस्तो फेसन इन्टिच्युट हो, जुन पछिल्लो समय फेसनप्रति चासो लिने र फेसन डिजाइनर बन्न चाहनेका लागि लोकप्रिय छ । बागबजार ललितपुरको कुमारी पाटीमा रहेको यो इन्टिच्युटबाट छोटो समयमै राम्रा फेसन डिजाइनरहरु उत्पादन भएका छन् । उनीहरुले संघीय राजधानी काठमाडौंलगायत देशका विभिन्न सहरमा बुटिक सञ्चालन गरेर नेपालको फेसन क्षेत्रमा आयाम थपिरहेका छन् । र, फेसन पारखी सेलिब्रेटीदेखि सर्वसाधारणसम्मलाई फेसनको तृष्णा मेटाउँदै आएका छन् ।

आईआईएफटीले विगत चार वर्षयता हरेक वर्ष आफ्ना डिजाइनरका विद्यार्थी (६ महिने कोर्ष पूरा गरेका)लाई समेटेर ‘ड्रेस टु इम्प्रेस’ नामक फेसन शो गर्दै आएको हो । डिजाइनरहरु स्वंय आफ्नो सिर्जनामा स्टेजमा उत्रँने यस फेसन शोको तेस्रो सिजनका लागि यतिखेर १६८ जना डिजाइनरहरु तम्तयार गरिरहेका छन् ।

आयोजक संस्था अर्थात आईआईएफटीका प्रबन्ध निर्देशक फूपु तेन्जिङ शेर्पाका अनुसार ‘ड्रेस टु इम्प्रेस–४’ मा अहिलेसम्मकै सबैभन्दा धेरै डिजाइनरहरु प्रतिस्पर्धा गर्न लागेको हो । मोडलिङ र डिजाइनिङको कम्बिनेशन हुने भएकाले प्रतिस्पर्धीलाई अहिले क्याटवाकलगायत मोडलिङबारे समेत प्रशिक्षण लिइरहेका छन् ।

‘ड्रेस टु इम्प्रेस’ नाम जस्तै एक शसक्त डिजाइनररुको प्रतियोगिता हो । जसमा प्रतियोगीहरुलाई आफ्नो सिर्जनामार्फत दर्शक तथा जर्जमेन्टहरुलाई इम्प्रेस गर्नु त छँदैछ, त्यसमाथि मोडलका रुपमा स्यंम स्टेजमा उत्रेर इम्प्रेस गर्नु उनीहरुलाई अर्को चुनौती पनि छ ।
आईआईएफटीका निर्देशक शेर्पा भन्छन्, ‘यो विशुद्ध डिजाइनरहरुको प्रतिपस्र्धा हो, तर, जसमा मोडलिङ पनि जोडिएको छ । त्यसैले पनि यस शोमा सहभागी हुने प्रतिस्पर्धीहरुलाई दोहोरो चुनौती छ ।’

यसअघि ‘डे«स टु इम्प्रेस’मा तनि जनाले उपाधि जितिसकेका छन् । सिजन–१ मा सोनी श्रेष्ठ, सिजन–२ मा महेश्वरीनाथ योगी र ३ मा क्यूटी शाक्यले उत्कृष्ट डिजाइनरको उपाधि जितेका थिए । त्यस्तै, यसपटक कसले ‘उत्कृष्ट डिजाइनर’ उपाधि हात पार्छन् भन्ने माघ ८ गते थाहा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्