Logo
Logo

सिरहामा दुई समूहबीच झडप : दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन



काठमाडौं । सिरहामा भएको दुई समूहबीच छुरा हानाहानको घटनाको दोषीलाई कारबाहीको माग गर्दै स्थानीय प्रदर्शनमा उत्रिएका छन् । शनिबार साँझ भएको सो घटनमा एक जनाको मृत्यु भएको थियो ।

गोलबजार नगरपालिका–६ गोलबजारमा दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले बताए । उक्त झडपमा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको र अर्का एक घाइते भएका छन् ।

छुरा प्रहारबाट २६ वर्षीय रामकुमार सदाको मृत्यु भएको थियो । गम्भीर घाइते भएका उनको उपचारको लागि आरके मेडिसिटी अस्पताल लगिएको थियो । त्यहाँ पु¥याएलगत्तै उनलाई चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।

त्यस्तै निकेश सदा गम्भीर घाइते छन् । उनको पनि उपचार भइरहेको छ । दुई पक्षका ६–७ जनाबीच झडप भएको प्रहरीले जनाएको छ । उनीहरू अहिले फरार छन् । दोषीलाई कारबाही गर्न माग गर्दै स्थानीयले पूर्व–पश्चिम राजमार्गको गोलबजार खण्ड अवरोध गरेका छन् । स्थानीयले सडकमै टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्