Logo
Logo

सर्वदलीय बैठक सुरु हुने बित्तिकै किन बाहिरिए माधव नेपाल ?



फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधामन्त्री शेरबहादुर देउवाको आह्वानमा सर्वदलीय बैठक जारी छ । तर, बैठक सुरु हुने बित्तिकै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने बाहिरिएका छन् ।

सर्वदलीय बैठक अगाडि बसेको सत्तारुढ गठबन्धनको बैठकमा पूरा समय बसेका अध्यक्ष नेपाल सर्वदलीय बैठक सुरु हुने बित्तिकै बाहिरिएका हुन् ।

अध्यक्ष नेपाल सर्वदलीय बैठकबाट बाहिरिए पनि एकीकृत नेकपा समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने बैठकमै छन् ।

किन बाहिरिए नेपाल ?
बैठक सुरु हुने बित्तिकै अध्यक्ष नेपाल बाहिरिए पछि सत्तारुढ गठबन्धनबीच एमसीसीको विषयलाई लिएर खटपट भएको हुनसक्ने आशंका गरिएको थियो ।

तर, अध्यक्ष नेपालले आफू पूर्वनिर्धारित अर्को कार्यक्रममा जानै पार्ने बताउँदै बैठकबाट बिदा मागेको बैठकमा सहभागी एक नेताले बताए ।

अध्यक्ष नेपालको सचिवालयका अनुसार अध्यक्ष नेपाल नयाँवानेश्वरस्थित होटल अर्यालमा पार्टीको पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन बैठकबाट बाहिरिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्