Logo
Logo

एमसीसी पारित गर्ने तयारी, छलफल गर्न कार्यदल गठन



काठमाडौं । चौतर्फी आलोचना र विरोधकाबीच सरकारले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोसेशन (एमसीसी) सदनबाट पारित गराउने तयारी थालेको छ ।

आइतबार प्रधामन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धनकाे बैठकमा एमसीसीबारे छलफल भएको थियो । बैठकले एमसीसीको विषय टुंगो लगाउन ३ सदस्यीय कार्यदलसमेत गठन गरेको छ ।

कार्यदलमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेपाली कांग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ छन् ।

तीन सदस्यीय कार्यदलले एमालेलगायत अन्य दलहरुसँग छलफल गरेर एमसीसीबारे ठोस निष्कर्ष निकाल्लने जिम्मेवारी पाएको छ ।

एमसीसी पारित गर्नै हुन्ने भन्ने पक्षम कम मात्र राजनीतिक दल रहेको छन् । त्यसमा पनि मुख्या राजनीतिक दल पारित गर्नुपर्ने पक्षमा देखिन्छन् । मुख्यत प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस जसरी पनि एमसीसी पारित गर्नुपर्ने पक्षमा छन् भने माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी परिमार्जनपछि मात्र पारित गर्नुपर्ने पक्षमा रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्