Logo
Logo

इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीद्धारा न्युक्यास पराजित



काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई ४–० गोलले हराएको छ ।

सिटीका लागि खेल सुरु भएको पाँच मिनेटमै रुबेन डियासले गोल गर्दै अग्रता दिएको थियो । यस्तै, खेलको २७औँ मिनेटमा जोआ कान्सेलोले गोल गरे भने ६३ औँ मिनेटमा रियाद महरेज र ८६ औँ मिनेटमा रहिम स्ट्रर्लिङले एकरएक गोल गरे ।

जितसँगै सिटीले १८ खेलमा ४४ अङ्क जोडेको छ । न्युक्यासल १० अङ्क जोडेर १९ औँ स्थानमा छ । यस्तै, इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा चेल्सीले उल्भ्ससँग गोलरहित बराबरी खेलेको हो ।

बराबरीसँगै चेल्सीले १८ खेलमा ३८ अङ्क जोडेको छ । चेल्सी तेस्रो स्थानमा छ । उल्भ्स भने २५ अङ्क जोडेर ८ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्