Logo
Logo

पाँच करोड नक्कली नोटसहित युनुस अन्सारी पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं–, १० जेठ ।
करिब पाँच करोड नक्कली भारतीय नोटसहित युनुस अन्सारी पक्राउ परको छन् । नक्कली नोट लिन गएका अवस्थामा विमानस्थलको भन्सार कार्यालयमा अन्सारीसहित दुई जना पक्राउ परेका हुन् ।


२ हजार दरका नोटहरु नेपाल हूँदै भारतमा तस्करीको प्रयास गरेको प्रहरीले जनाएको छ । अन्सारी यसअघि पनि नक्कली भार कारोबारमा पक्राउ परी जेल परेका थिए । उनीमाथि २०६७ सालमा केन्द्रीय कारागारमै गोली प्रहार भएको थियो । नोटबन्दीमार्फत भारतले नयाँ नोट लागू पछि नक्कली भारु नेपालमा बरामद भएको यो पहिलो घटना हो ।बरामद नक्कली भारु करिब ६ करोड रुपैयाँ रहेको प्रहरीले जनाएको छ। जून सक्कली जस्तै अत्याधुनिक प्रेसमा छापिएको छ ।

भन्सारको नियमित एक्से चेकिङमा उनीहरु पक्राउ परेका हुन् । भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरका अनुसार पक्राउ पर्नेमा तीन पाकिस्तानी नागरिक छन् । उनीहरु कतार एयरवेजबाट शुक्रबार विहान नेपाल आएका थिए । ‘दुई वटा सुटकेशमा नक्कली भारु भेटिएको छ,’ उनले भने,‘प्लाष्टिकले बेरेर नक्कली भारु लुकाइएको थियो ।’
सो सामान लिन गएका युनुस अन्सारी लगायतलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । बरामद व्यक्तिहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई बुझाइने ठाकुरले बताए । बिशेष ब्यूरोले समेत अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्