Logo
Logo

एसियन सेन्ट्रल जोन खेल्न नेपाली भलिबल टोली बङ्गलादेश प्रस्थान



काठमाडौं । नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबलको टोली आज बङ्गलादेश प्रस्थान गरेका छन् । बङ्गलादेशको ढाकामा हुन लागेको एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा भाग लिन नेपाली टोली बङ्गलादेश गएको हो ।

नेपाल त्रलिबल संघका अनुसार टोली आज बिहान १० बजे त्यसतर्फ र्गको छ । सो प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रहरु सहभागि हुने छन् । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्