Logo
Logo

एमसीसीको नाममा अर्को प्रतिगमन हुँदैछ : बाबुराम



काठमाडौं । समाजवादी जनता पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पुनः प्रतिगमनको खतरा रहेको बताएका छन् ।

केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको दिनलाई ‘कालो दिन’को रुपमा व्यख्या गर्दै समाजवादी प्रेस संगठन, नेपालले आयोजना गरेको ‘प्रतिगमनको खतरा, लोकतन्त्र र संविधानको रक्षा’ विषयक बहसमा सहभागी भट्टराईले पुनः प्रतिगमनको खतरा रहेको बताएका हुन् ।

बहसमा सहभागी भट्टराईले भने– ‘हामी एक भएर ओली प्रतिगमन त परास्त गरेका छौँ । तर, प्रतिगमन स्थायी रुपमा कहिले पनि समाप्त हुँदैन । कुनै न कुनै रुपमा प्रतिगमनले टाउको उठाउँछ । यसतर्फ सबै सचेत हुनुपर्छ । प्रतिगमनको टाउको नकिच्याएसम्म बेला–बेला टाउको उठाइरहन्छ ।’

डा. भट्टराईले पछिल्लो समय एमसीसी लगायतको नाममा पुनः प्रतिगमन हुन लागेको उनको भनाइ छ । उनले भने– ‘पुनः प्रतिगमनको खतरा छ । एमसीसी लगायतको नमममा पुनः प्रतिगमन हुन लागेको छ । त्यसैले प्रतिगमनविरुद्ध एक भएर संघर्ष गर्नुपर्छ ।’

ओली प्रतिगमनविरुद्ध संघर्ष गरेका राजनीतिक शक्तिहरुमा फुट ल्याएर प्रतिगमन सफल बनाउने योजना बनिरहेको भन्दै डा. भट्टराईले पाँच दलीय गठबन्धन जोगाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्