Logo
Logo

प्रहरी कार्यालयमा ढुंगामुढा, स्थिति नियन्त्रण गर्न अश्रुग्यास प्रहार



रौतहट । प्रहरीले दोषीलाई जोगाउन खोजेको भन्दै विजयपुरस्थित ईलाका प्रहरी कार्यालयमा ढुंगामुढा भएको छ ।

आइतबार राति टिपरको ठक्करबाट फतुवा विजयपुर–११, हिमालीबासमा गुगल निर्माण सेवाको ना८ख ४२०२ नम्बरको टिपरले ठक्कर दिएको थियो । सो दुर्घटनामा मोटरसाइकल चालक खेदु चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । उनी नेकपा एमालेका स्थानीय नेता हुन् ।

मृतकको परिवारको रोहवरमा मुचुल्का गरी पोष्टमार्टमका लागि शव पठाउनु पर्नेमा ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख तथा प्रहरी निरीक्षक विष्णु विश्वकर्माले मनपरी गरेको स्थानीयवासीको आरोप छ । प्रहरी निरीक्षक विश्वकर्माले आफू कसैको प्रभावमा नपरेको भन्दै आफूमाथि लगाइएका आरोपको खण्डन गरेका छन् ।

पीडित परिवारसँगै गाउँलेहरुले सोमबार बिहानैदेखि विजयपुरमा प्रदर्शन गर्दै बिहान ११ प्रहरी कार्यालयमा ढुङ्गामुढा प्रहार गरेका थिए । यस क्रममा २ जना प्रहरी घाइते भएको तथा प्रहरीले स्थिति नियन्त्रणमा लिन ३ राउन्ड अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरी निरीक्षक विश्वकर्माले बताए ।
प्रहरीको लाठी प्रहारबाट प्रदर्शनकारी मुक्ति पटेलको टाउको फुटेको छ । अहिले प्रदर्शनकारीहरु प्रहरी कार्यालय अगाडि बाटो अवरुद्ध गरेर धर्नामा बसेका छन् ।

रौतहट प्रहरी प्रमुख एवं एसपी विनोद घिमिरेले दुर्घटनामा संलग्न टिपर चालक पक्राउ परिसकेकाले नियमानुसार कारवाही प्रक्रिया अगाडि बढाइने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्