Logo
Logo

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण



काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको हो ।

गत मंसिर २४ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न १४औंँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका छन् ।

कांग्रेसको नयाँ विधानअनुसार यस महाधिवेशनबाट केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री पदका लागि निर्वाचन भएको थियो ।

यसबाहेक कांग्रेस विधानमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनीत गर्ने व्यवस्था उल्लेख छ । प्रमाणपत्र वितरण कार्यक्रमलगत्तै नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्