Logo
Logo

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अहिले बस्दैछ । १४औँं महाधिवेशन अन्तर्गत निर्वाचनबाट नवनिर्वाचित सभापति शेरबहादुर देउवाले शुनबार दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् । नयाँ कार्यसमितिको पहिलो बैठक बस्न लागेको हो ।

नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई प्रमाणपत्र वितरण कार्यक्रमको तस्बिर ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । यसअघि शनिबार नै निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । प्रमाणपत्र वितरण सकिएलगत्तै दिउँसो १ बजे कार्यसमिति बैठक बस्ने तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्