Logo
Logo

एकीकृत समाजवादी र जसपासँग पार्टी एकता हुन्छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादी र डा. बाबुराम भट्टराई संघीय परिषदको अध्यक्ष रहेको जनता समाजवादी पार्टीसँग पार्टी एकीकरण हुने बताएका छन् ।

शनिबार काठमाडौंमा सम्पादकहरुसँगको छलफलमा अध्यक्ष प्रचण्डले माधव नेपाल र बाबुराम भट्टराई नेतृत्वको पार्टीसँग पार्टी एकता र चुनावी मोर्चा बनाउने विषयमा छलफल भइरहेको बताएका हुन् ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनबारे जानकारी दिने उदेश्यले आयोजित छलफलमा आगामी निर्वाचनमा पाँच दलीय गठनबन्धनलाई निरन्तरता दिने समेत बताए ।

पाँच दलीय गठबन्धनमा रहेका माधव नेपाल र बाबुराम भट्टराईसँगै माओवादी केन्द्रसमेत रहेको बताउँदै अध्यक्ष प्रचण्डले भने– ‘माधव नेपाल र बाबुरामजीहरुसँग गठबन्धनमा सँगै छौं, भोलि चुनावी मोर्चा वा पार्टी एक बनाउने बारेमा पनि छलफलहरु चलिरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्