Logo
Logo

सुकेधारा र अनामनगरमा बिष्फोट, तीन जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ जेठ ।
सुकेधारा र अनामनगरमा एकै समयमा दुई शक्तिशाली बिष्फोट भएको छ । बिष्फोटमा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । दुवै बिष्फोट विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको प्रहरी आशंका छ । अनामनगरको विष्फोटमा विप्लवकै एक कार्यकर्ता समेत घाइते भएका छन् ।


अनामनगरको आप्का हाउस पछाडीको घरमा बिफोट भएके हो । जहाँ एक जना गम्भीरको मृत्यु भएको र एक घाइते भएका छन्
त्यस्तै सुकेधाराको ढलानेपुलसँगै रहेको शैलुनमा बिष्फोट भएको हो । जहाँ दुई जनाको मृत्यु भएको छ । दुवै ठाउँमा सिलिन्डर बम बिष्फोट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्