Logo
Logo

एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषदबीच पार्टी एकता घोषणा हुँदै



काठमाडौं । नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद नेपालबीच पार्टी एकीकरण हुँदैछ ।

भोली (शुक्रबार) पार्टी एकीकरणको घोषणा हुने एकीकृत समाजवादीकी पोलिटव्युरो दिलु पन्तले बताइन् । साध्यबहादुर भण्डारी अध्यक्ष रहेको परिषद राष्ट्रिय जनमोर्चाबाट बिभाजन भएको गठन भएको पार्टी हो ।

यसअघि एकीकृत समाजवादी र नेकपा जनवादी पार्टीबीच पुस १३ गते पार्टी एकता भएको थियो । अहिले बिभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादी पार्टीमा आउँनेको लहर चलेको नेतृ पन्तले बताईन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले एमाले परित्याग गरेर एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नका लागि केही नेताहरु छलफलमा रहेको बताएका छन् । तर ति नेताहरु को हुन भन्ने बारेमा अध्यक्ष नेपालले खुलाएनन् ।

प्रतिक्रिया दिनुहोस्