Logo
Logo

गृहमन्त्री गुरुङबाट जीवित देवी कुमारीको दर्शन


126
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्। मन्त्री गुरुङ वसन्तपुरस्थित कुमारी घरमा दर्शनका लागि आज पुगेका हुन् ।  

The current image has no alternative text. The file name is: devi-4.jpg

कुमारी घरको प्रतिनिधिमण्डलले उनलाई स्वागत गरेका थिए । उनले कुमारीको दर्शन गरी प्रसाद ग्रहण गर्नुभएको कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्यले जानकारी दिए ।

कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने र एकादशीका दिन राष्ट्र प्रमुखसमक्ष पूजाको प्रसाद पुर्‍याउने परम्परा छ । राष्ट्र प्रमुखले पनि कोजाग्रत पूर्णिमाको दिन कुमारीको दर्शन गर्ने प्रचलन छ ।यसैबीच मन्त्री गुरुङले तलेजु भवानीको दर्शन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्