Logo
Logo

थानकोटको ९२ रोपनी जग्गा व्यक्तिको नाममा, हाउजीङ सञ्चालकसहित सात जना अख्तियारको फन्दामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ जेठ । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा पर्ने (साविक बाडभन्ज्याङ गाविस वडा नं.(३(क) स्थित ९२ रोपनी जग्गा व्यक्तिको नाममा पास भएको खुलेको छ । नक्कली लालपूर्जा बनाएर जग्गा व्यक्तिको नाममा लगिएको हो । जसमा संलग्न सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।


पाताल तथा ठोट्ने खोला र चिसापानी सामुदायिक वन उपभोक्ता समूहले उपभोग गरिरहेको सरकारी जग्गा मालपोत कार्यालय कलंकीले व्यक्ति विशेषको स्वामित्वमा रहेको सुयल हाउजिङ्ग कम्पनीका नाममा गैरकानूनी रूपमा श्रेस्ता खडा गरी पुर्जासमेत उपलब्ध गराएको हो । सुयल हाउजिङ्ग कम्पनी प्रा.लि.का सञ्चालक राम कुमार सुयल थापा समेतले परिपञ्च मिलाई आफ्नै एकाघरकी दिदी मिना कुमारी थापालाई निजको भोगचलन र स्वामित्वमा नै नभएको १२ कित्ता सरकारी जग्गाको जग्गाधनी बनाई उक्त जग्गाहरू लिने दिने गरी घरायसी करारनामाको कागज बनाई उक्त कागजमा कित्ताको क्षेत्रफल तथा लिनेरदिने गरेको रकमसमेत उल्लेख नगरी मिना कुमारी थापाको नाममा किर्ते गरी नक्कली जग्गाधनी प्रमाणपूर्जा बनाई अदालतमा पेस गरी मिलापत्रको नाममा मालपोत कार्यालय कलंकीका कर्मचारी समेतलाई अनुचित प्रभावमा पारेका थिए । मालपोत कार्यालय कलंकीका मालपोत अधिकृत शिवप्रसाद रिमाल र नायव सुब्बा हरी प्रसाद आचार्य, नक्कली जग्गाधनी मिना कुमारी थापा, सुयल हाउजिङ्ग कम्पनीका सञ्चालक रामकुमार सुयल थापा, नक्कली जग्गाधनी मिना कुमारी थापाको वारेस दिपेन्द्र विक्रम शाह, अधिवक्ता बाबुराम (शर्मा) रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेल उपर देहाय बमोजिमको कसुरमा देहाय बमोजिमको सजायको मागदाबी लिइ आज विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्