Logo
Logo

मोदीको सपथमा प्रधानमन्त्री ओली दिल्ली जाने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ फागुन ।
दोस्रो कार्यकाल सम्हाल्न लागे्का भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका हुन्। ओलीलाई सोमबार मोदीले निम्ता पठाएका हुन् ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले प्रम ओली मोदीको सपथमा जान लागेको लागेको पुष्टि गरेका छन्। प्रधानमन्त्रीसँग दिल्ली को को जाने भन्ने टुङ्गो नलागेको उनले बताए। उनले भने,‘’सोमबार साँझ लिखित निम्तो आयो, सपथमा जाने डेलिगेसनको टुङ्गो अझै लागेको छैन।’ मोदीले यसपटकको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट्रहरूलाई बोलाएका छन्।
बिमस्टेकमा नेपाल, बंगलादेश, भारत, म्यानमार, श्रीलंका, थाइल्याण्ड र भुटान सदस्य छन्। भारतले छिमेकी राष्ट्र पाकिस्तानलाई भने सपथ ग्रहण समारोहमा बोलाएको छैन।
अघिल्लो पटक मोदी प्रधानमन्त्रीमा निर्वाचित हुँदा सुशील कोइराला सपथ ग्रहणमा गएका थिए ।

प्रतिक्रिया दिनुहोस्