Logo
Logo

प्रधानमन्त्री ओलीलाई चौथो बिद्यावारिधि


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १५ जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चौथो मानार्थ विद्यावारिधि उपाधि ग्रहण गरेका छन्। दक्षिण कोरियाको काङनाम युनिभर्सिटीले प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति ओलीलाई मानार्थ उपाधि प्रदान गरेको हो । यसअघि नै उनले मध्य अमेरिकाको बेलिज, भारत, कोस्टारिकाका विश्वविद्यालयबाट यस्तो उपाधि पाइसकेका छन्।

नेपाली सेनाको सानो र्भयाङस्थित स्वास्थ्य विज्ञान संस्थानमा आयोजित कार्यक्रममा ओलीले सो उपाधि ग्रहण गरेका हुन् ।
काङनाम युनिभर्सिटीका प्रेसिडेन्ट सिनिल युनले ओलीलाई उपाधि हस्तान्तरण गरेका हुन्। सो विश्वबिद्यालय क्रिश्चियन विश्वबिद्यालय हो ।

सन् १९४६ मा स्थापित यो विश्वविद्यालय क्रिस्टियानिटी र मानवताको सिद्धान्तमा आधारित भएर सत्य, स्वतन्त्रता, समभाव र मानव कल्याणमा आधारित शिक्षा प्रदान गर्ने उद्देश्य रहेको उक्त विश्वविद्यालयको वेबसाइटमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्