Logo
Logo

गृहमन्त्री र सचिवलाई डेढ करोड सुराकी खर्च, प्रहरीलाई शून्य


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ जेठ ।
देशकै केन्द्रीय राजधानीमा शृंखलाबद्ध विस्फोटपछि सुरक्षा निकायको सूचना संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठिरहेको छ । सुरक्षा निकायहरू भने सूचना संकलनका लागि पर्याप्त स्रोतसाधन नभएको बताउने गरेका छन् । तर, गृह मन्त्रालयबाटै सूचनाका लागि आएको रकमको दुरुपयोग हुने गरेको छ ।

महालेखा परीक्षकको प्रतिवेदनअनुसार गत वर्ष गृहमन्त्रीले ७६ लाख ५० हजार र गृहसचिवले ७९ लाख ७१ हजार रुपैयाँ सुराकी खर्च गरेका छन् । यो वर्ष पनि त्यही हाराहारीमा खर्च भएको छ । तर, प्रहरीलाई भने गुप्तचरीका लागि बजेटको व्यवस्था नै छैन । ‘भ्रमण र अन्य खर्चको बजेट सुराकी र अपराध अनुसन्धानमा खर्च गर्नुपर्ने अवस्था छ,’ एक प्रहरी अधिकारी भन्छन्, ‘पैसा नभई सूचना आउँदैन अनि कसरी प्रहरीको इन्टेलिजेन्स हुन्छ ?’
गृहमन्त्री र सचिवले आफू निकटका व्यक्तिहरुलाई त्यस्तो रकम बाड्ने गर्दछन् । सुराकी खर्चको प्रमाण देखाउनु नपर्ने भएकाले दुरुपयोग भएको हो ।
प्रहरी महानिरीक्षकले पनि सराकीको नाममा केही पैसा लिने गरेका छन् । तर, त्यो पैसा सचिवालयमा व्यक्तिगत प्रयोजनमा खर्च हुने गरेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्