Logo
Logo

निमित्त वन निर्देशक विष्टविरुद्ध ७ करोड भ्रष्टाचारको मुद्दा



धनगढी । सुदूरपश्चिमका निमित्त वन निर्देशक हेमराज विष्टमामाथि भ्रष्टाचारको आरोप लागेको छ । उनले पौने ७ करोड भ्रष्टाचार गरेको आरोप लागेको हो ।

प्रदेश सरकारअन्तर्गतको वन निर्देशनालय, धनगढीका निमित्त वन निर्देशक विष्टले गैरकानुनी रुपमा ६ करोड ८७ लाख ५७ हजार ८ सय ६० रकम आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत सामुदायिक वन उपभोक्ता समूहका साधारण सदस्य र पदाधिकारीहरुले किर्ते दस्तखत गर्ने र नक्कली वन उपभोक्ता खडा गरी रुख कटान गर्ने कार्य गरेको भन्दै सार्वजनिक लेखा समितिको उपसमितिद्वारा गठित वैज्ञानिक वन व्यवस्थापन अध्ययन उपसमितिले विष्टमाथि कारबाही सिफारिस गरेको थियो ।

सोही अनुसार अनुसन्धान गर्दा विष्टले गैरकानुनी रुपमा आर्जन गरेको पुष्टि भएकाले मुद्धा दायर गरिएको आयोगले जनाएको छ । आयोगले गैरकानुनी रुपमा आर्जन गरेको उक्त असुल गर्न माग गरेको छ ।

साथै अख्तियारले विष्टकी श्रीमती रुबी जिसी बिष्टको नाममा भएका घरजग्गा तथा बैंक खाताहरुबाट सम्पत्ति जफत गर्न माग दाबी गरेको छ । उनलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्