Logo
Logo

फेरि सुरु भयो ‘आफ्नो गाउँ आफैं बनाउँ’ कार्यक्रम


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, १५ जेठ ।
२०५१ सालको कम्युनिष्ट सरकारको लोकप्रिय कार्यक्रम ‘आफ्नो गाउँ आफैं बनाऊ’ नारालाइ सरकारले फेरि ब्यँुताएको छ । युवा श्रमशक्तिलाई आफ्नै गाँउको विकास गर्ने गरी सरकारले बजेट विनियोजित गरेको छ । रोजगार सिर्जना र श्रमको लागि ७ अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।


२०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा सरकारले आफ्नो गाउँ आफैं बनाउन कार्यक्रम ल्याएको थियो । जून निकै लोकप्रिय भएको थियो ।
अर्थमन्त्री डा.युवराज खतिवडाले संघीय संसद्मा आर्थिक वर्ष २०७६÷७७ को बजेट पेस गर्दै रोजगार सिर्जना गर्न विशेष प्राथमिकता दिइएको बताए। प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि मात्रै ५ अर्ब १ करोड रुपैयाँ छुट्टयाइएको छ। वेरोजगार युवालाई स्वरोजगार बनाउन बिऊ पुँजीसमेत राखिएको उनले बताए। सरकारले ‘चिनौं आफ्नो माटो, बनाऔं आफ्नो देश’ कार्यक्रम समेत लागू गर्न लागिएको छ ।
बेरोजगारमुक्त कमैया, हलियाको लागि विशेष रोजगार कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम ल्याइने बजेटमा उल्लेख छ। आन्तरिक श्रम बजारको मागअनुसार सीपयुक्त जनशक्तिको उत्पादन गर्ने, असल औद्योगिक सम्बन्ध कायम गर्ने, बैंकिङ प्रणालीमार्फत् विप्रेषण पठाउने र उत्पादन मुलुक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने विषयलाई बजेटले प्राथमिकता दिइएको खतिवडाले बताए।

प्रतिक्रिया दिनुहोस्