Logo
Logo
साहित्य

१३३६ ग्राम



जे छ त्यहीँ छ
त्यो खप्परभित्र
त्यो १३३६ ग्राममा
हृदयको तागतले मात्र पुग्दैन
सृष्टिको बिहानी बुझ्न
र, सिर्जनाको आरम्भ गर्न
प्रारम्भ र प्रारब्ध आवद्ध छन्
तर जे गर्ने हो
त्यो १३३६ ग्रामले हो

उ एउटा अनुशासित सिपाही
तर बन्यो दादा ईदी अमिन
अर्को पोस्टकार्ड बेच्ने अल्लारे
बन्यो हिटलर
एउटा साधारण वकिल
बन्यो महात्मा गान्धी
त्यसैले म भन्छु
१३३६ ले गुमनाम बनाओस्
तर बदनाम नगराओस्
परदेशी बनाओस्
तर राष्ट्रपेशी भक्षण नगराओस्
अहिले मुलुकमा जस्तो

मसाने गिद्ध उडेको आकाश
‘यति’ को नेटो काटेको ‘बतास’
हताश यी देउता बनेका लाटोकोसेरोहरू
सलह बनेर उडेका छन्
कसरी सुरक्षित हुने मेरा फाँटहरू ?
यी बतासे १३३६ ग्रामबाट ।

प्रतिक्रिया दिनुहोस्