काठमाडौं, १५ जेठ ।
सरकारले सरकारी कर्मचारीको तलब २० प्रतिशत बृद्धि गरेको छ । राजपत्रांकित (अधिकृत वा सोभन्दा माथि)कर्मचारीको १८ तथा राजपत्रअनंकित(नासु हो सो भन्दा तल्लो तह)को २० प्रतिशत तलब बृद्धि भएको हो ।
अर्थमन्त्री डा युवराज खतिवडाले सुरुको तलबमा सो बृद्धि हुने बजेट भाषणमार्फत जानकारी दिएका छन् । निजामती कर्मचारी, सेना, प्रहरी, शिक्षक लगायतको सबैको तलब बृद्धि भएको हो ।