Logo
Logo

नेपाल लाइफको सिनियर डिसिओमा पराजुली



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ)मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् । उनले आइतबारदेखि नै कार्यभार सम्हालेका छन् ।

पराजुलीले आफ्ना विगतका अनुभवलाई आधारमानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लाटफर्मको रुपमा नेपाल लाइफलाई लिएको बताए । सिनियर डिसिआको कार्यभार स्म्हालेपछि संस्थागत सुशासनलाई प्राथमिकतामा राखी कम्पनीलाई हरेक क्षेत्रमा अब्बल सावित गर्न लागि पर्ने उनले प्रतिवद्धता जनाए ।

नम्बर १ कम्पनीको यात्रामा मुख्य हिस्सेदार हुन पाउनु गर्वको विषय रहेको बताउँदै उनले यसलाई अवसर र चुनौतीको रुपमा लिएको बताए । ‘अब नेपाल लाइफको नम्बर १ कम्पनीको छविलाई हरेक सुचकांकमा अझ बलियो सावित गर्नुपर्ने मेरो चुनौती रहेको छ’ नवनियुक्त सिनियर डिसिओ पराजुलीले भने ।

पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सिइओ) थिए ।

प्रतिक्रिया दिनुहोस्