काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर र मूल्यवृद्धि तोकिएको लक्ष्यभित्र राख्न चुनौती रहेको बताएका छन् ।

लेखा समितिमा वर्तमान आर्थिक अवस्थाबारे आइतबार आफ्नो धारणा राख्दै उनले यस वर्ष तोकिएको सात प्रतिशतनजिक पुग्नसमेत चुनौती रहेको बताए ।
मूल्यवृद्धिलाई चालु आर्थिक वर्षमा ६.५ प्रतिशत भित्र राख्ने लक्ष्य कायम राख्न समेत चुनौती थपिएको भन्दै यसमा आन्तरिक तथा बाह्य दुवै कारण रहेको उनको भनाइ छ ।














