Logo
Logo

१५,३२,९६,७१००००० रुपैयाँको बजेट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ जेठ ।
सरकारले आर्थिक वर्ष २०७६÷७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ अनुमानित बजेट विनियोजन गरेको छ।
कुल विनियोजन रकममध्ये चालूतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात् ६२ दशमलव ४ प्रतिशत छुट्याइएको छ। यसैगरी पुँजीगत खर्चतर्फ ४ खर्ब ८ अर्ब ५९ लाख विनियोजन गरिएको छ। वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ५८ लाख छुट्याइएको छ।


आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेटमा आन्तरिक राजश्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८२ लाख रुपैयाँ, वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ र वैदेशिक ऋणबाट २ खर्ब ९८ अर्ब ८३ करोड ३३ लाख जुटाइने अर्थमन्त्री डा युवराज खतिवडाले जानकराी दिए । आन्तरिक ऋणबाट १ खर्ब ९५ अर्ब जुटाउने उनको भनाई छ ।
बजेटमार्फत कर्मचारीको तलब बृद्धि, बृद्ध भत्ता बृद्धि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्