Logo
Logo

सार्वजनिक स्थलमा प्रवेश गर्दा भ्याक्सिन कार्ड अनिवार्य



काठमाडौं । सरकारले सार्वजनि स्थालमा प्रवेश गर्दा कोरोनाको भ्याक्सि लगाएको कार्ड अनिवार्य गरेको छ ।

आज (आइतबार) बसेको कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले आगामी माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना भ्याक्सिन लगाएको कार्ड अनिवार्य देखाउनु पर्ने निर्णय गरेको हो ।

सीसीएमसीसीकी प्रवक्ता सुनीता नेपालका अनुसार विभिन्न सार्वजनिक स्थलमा प्रवेश गर्दा जस्तै कार्यालय, होटेल, सिनेमा हल, रंगशाला, हवाइ यात्रा गर्दा भ्याक्सिन लगाएको प्रमाण देखाएर मात्रै सेवा लिन पाउने गरी निर्णय गरिएको छ ।

यो निर्णय गृहमन्त्रालयमार्फत कार्यान्वयनका लागि सिफारिस भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्