Logo
Logo

अमेरिकामा रेलसँग विमान ठोक्कियो



एजेन्सी । अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जलस सहरमा रेलसँग विमान ठोक्किएको छ ।

विमानस्थलनजिकै रहेको रेल ट्रयाकमा गुडिरहेको रेलसँग विमान ठोक्किएको हो । ह्वाइटम्यान एयरपोर्टमा विमान अवतरण हुनुअघि इन्जिन फेल हुँदा रेलसँग ठोक्किएको लस एन्जलस प्रहरीले जनाएको छ ।

सो दुर्घटनापछि विमान चालक र अन्य अधिकारीहरुको जिवितै उद्धार गरिएको स्थानीय मिडियाले जनाएका छन् । त्यहाँको फिडरल एभियसनका अनुसार दुर्घटनाग्रस्त विमानसँग एउटामात्र इन्जिन थियो । सो इन्जिनले काम नगर्दा विपरित दिशाबाट आइरहेको रेलसँग विमान ठोक्किएको हो ।

प्रतिक्रिया दिनुहोस्