Logo
Logo

सभासद्हरुलाई राष्ट्रपतिबाट पदकसहितको सम्मान


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ जेठ ।
पहिलो र दोस्रो संविधानसभाका सभासदहरु राष्ट्रपति विद्यादेवी भण्डारीबाट पदकसहित सम्माननित भएका छन् । शितल निवासमा बिहीबार बिहान आयोजित समारोहमा सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा राष्ट्रपति भण्डारी आफैं, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री उपेन्द्र यादव लगायत छन् ।
यसैगरी पूर्वप्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र सुशील कोइरालाको नाम पनि सम्मानित हुनेहरुको सूचीमा छ ।
संविधानसभा पदक वितरणका लागि गृह मन्त्रालयले १ हजार १ सय ९ जनाको नामावली सार्वजनिक गरेको थियो । तर, कतिपय व्यक्तिहरु भने पदक ग्रहण गर्न सहभागी भएका छैनन् । विप्लव माओवादीमा आबद्ध तीन नेता समेत सो सूचिमा थिए ।
संविधान निर्माणमा पुर्याएको योगदानको कदर गरी सो पदक दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्