त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलद्वारा ‘भिजिटर पास’ बन्द « Drishti News – Nepalese News Portal
Logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलद्वारा ‘भिजिटर पास’ बन्द


दृष्टि संवाददाता


काठमाडौं । पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिटर पास वितरण बन्द गरेको छ । अति आवश्यकबाहेक ‘भी पास’ उपलब्ध नहुने निर्णय भएको विमानस्थल कार्यालयले जनाएको हो ।

विमानस्थलमा स्थान सीमितताका कारण भिडभाडले कोरोनाको जोखिम बढेको भन्दै जरुरी अवस्थाबाहेक बिदाइ र स्वागतका लागि विमानस्थल नआउन सर्वसाधारणमा अनुरोध गरेको हो ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले एक विज्ञप्ति जारी गर्दै हवाई यात्राका दौरानसमेत आवशयक मापदण्ड पालना गर्न सरोकारवालालाई आग्रह गरेको छ । नेपाल र छिमेकी मुलुकमा समेत कोरोना फैलिएको भन्दै यसबाट बच्न मापदण्ड पालना गर्न विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्