Logo
Logo

‘नेपाल्स नेक्स्ट सुपर मोडल’ बन्न ११ जनाको प्रतिस्पर्धा



काठमाडौं । ‘नेपाल्स नेक्स्ट सुपर मोडल’को पाँचौं संस्करणका प्रतियोगीहरु अहिले प्रक्षिक्षणमा व्यस्त छन् ।

आरएण्डआर गु्रपद्वारा आयोजित यस पाँचौं संस्करणमा ११ जना महिला मोडलहरु प्रतिस्पर्धा गर्दैछन् । आयोजक संस्थाकी अध्यक्ष मञ्जु श्रेष्ठका अनुसार आगामी माघ ६ गते नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा अन्तिम प्रतिस्पर्धा हुँदैछ । उक्त प्रतिस्पर्धाबाट ११ जनामध्ये एक जना ‘नेपाल्स नेक्स्ट सुपर मोडल’ घोषित हुनेछिन् ।

केही सातायता उनीहरुलाई मोडलिङका विविध आयामबारे कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले प्रशिक्षण दिँदै आएका छन् ।
मोडलिङ क्षेत्रमा आफ्नो भविष्य खोज्ने युवतीहरुलाई लक्षित गर्दै आरएण्डआर गु्रपले ‘नेपाल्स नेक्स्ट सुपर मोडल’ प्रतियोगिताको सुरुवात गरेको हो ।

हालसम्म अघिल्ला चार संस्करणमा क्रमशः करिश्मा केसी, सृष्टि तामाङ, स्वस्तिका प्रधान र सदा थापाले नेपाल्स नेस्क्ट सुपर मोडलको उपाधिमा जितिसकेका छन् ।

पावरबाई खल्ती एप रहेको यस प्रतियोगिताका लागि आईआईएफटी अटायर पार्टनरका रुपमा रहेको छ भने पम्फाज फेसन ‘थिम पार्टनर’ रहेको छ । त्यस्तै, प्रतियोगीहरुको मेकओभरको जिम्मेवारी ब्युटी गार्डेन र द ग्रुमिङ स्टेशनले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्