Logo
Logo

लिपुलेकमा बाटो बनाउने भारतीय प्रधानमन्त्री मोदीको घोषणाप्रति युवा संघद्धारा विरोध



काठमाडौं । नेकपा एकीकृत समाजवादी निकटको युवा संघ नेपालले नेपालको भूमी लिपुलेक क्षेत्रमा भारतीय सरकारद्धारा बाटो फराकिलो बनाउँने कार्यको विरोध गरेको छ ।

युवा संघका अध्यक्ष नरेश शाहीले आज एक बिज्ञप्ती जारी गर्दै नेपाल एवं नेपाली जनताको अपमान र नेपालको भुगोलमाथिको आत्रमण भएको बताउँदै भारतको यो विस्तावादी हेपाह प्रवृत्तिको घोर भत्र्सना गरेका छन् ।

‘समग्र नेपाली जनता र नेपाल सरकारको विरोध रहेको लिपुलेकमा निर्माण भइरहेको यस सडकका सन्दर्भमा भरखर मात्रै, भारतसरकारले वाटो निर्माण गरि फरकाकिलो गर्नलागेको भन्ने भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाई प्रति संघको गम्भिर ध्यानार्षण भएको छ ’ अध्यक्ष शाहीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘नेपाल पंचशिलको सिद्धान्तमा प्रतिबद्ध छ र असंलग्न परराष्ट्र नीति हाम्रो मुख्य मान्यता हो । हामी छिमेकीहरुको एकआपसमा सम्मान, समानता र अहस्तक्षेप चाहन्छौं । भुगोल, जनसंख्या र सार्वभौमसत्ता राज्यका मुल तत्व हुन । यि तत्वमाथि आक्रमण हुनु समग्र देशको राष्ट्रियता र अस्तित्व माथिको आक्रमण हो’ अध्यक्ष शाहीले भनेका छन्, ‘छिमेकी मुलुक भारतको तर्फवाट हाम्रो देशको विभिन्न क्षेत्रमा सिमा नाका नजिकको भुभाग अतिक्रमित हुने गरेको विषय समग्र नेपालीहरुको तर्फवाट विरोध र खेदजन्य विषय हो । ईतिहाँसका विभिन्न दस्तावेजहरु साँक्षी छन, लिपुलेक लिम्पियाधुरा नेपालको हो ।’

लिपुलेक क्षेत्रलाई भारत सरकाले अतिक्रमण गरि नियन्त्रणमा लिएको सवालमा युवा संघको विरोध रहदै आएको छ । यो भुगोल नेपाललाई फिर्ता गर्नुको सट्टामा भारत सरकारले विभिन्न भौतिक पुर्वाधारहरु निर्माण गर्नु आपत्तिको विषय भएको ठहर संघको छ ।

‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानमा आँच आउने कुनै पनि गतिविधिमा संलग्न नहुन भारत सरकारलाई चेतावनी दिदै, बाटो निर्माण र फराकिलो बनाउने कार्य तत्काल रोक्न भारत सरकार संग युवा संघ नेपाल जोडदार माग गर्दछ’ शाहीले भनेका छन् ।

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगलिक अखण्डता, राष्ट्रिय एकता र नेपाली स्वाभिामानलाई अक्षुण राख्नु नेपाल सरकारको पहिलो दायित्व र कर्तव्य भएको भन्दै उनले भारतिय सरकारको उक्त कार्य एवं भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको उक्त भनाईको सच्याईका लागि नेपाल सरकारको तर्फवाट अविलम्ब कुटनीतिक पहल गर्न नेपाल सरकारसंग उनले जोडदार माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्