काठमाडौं । पछिल्लो समय पुनः कोरोनाभाइरस संक्रमणको जोखिम बढ्दै गएपछि नेकपा एमालेको प्रदेश अधिवेशन सरेको छ ।
यसअघि ८ माघमा तोकिएको अधिवेशन अब २८ र २९ माघमा हुने एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार यससम्बन्धी निर्देशन समेत प्रदेशमा गइसकेकोछ । त्यस्तै अधिवेशन हुन बाँकी जिल्ला अधिवेशनहरु माघ २२ गतेसम्म सम्पन्न गर्न निर्देशन दिइएको उनले बताए । नेपालमा एक सातायता दैनिक कोरोना संक्रमण दर बढ्दै गएको छ ।














