Logo
Logo

सिंहदरबार अगाडि यसरी मनाइयो पृथ्वीजयन्ती (फोटोफिचर)



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकी छन् ।

पृथ्वीजयन्तीको अवसरमा आज बिहान सिंहदरबार पश्चिम गेट अगाडि पुगेर राष्ट्रपति भण्डारीले पृथ्वीनारायणको सालिकमा माल्यार्पण गरेकी हुन् । माल्यार्पण गर्न विभिन्न राजनीतिक दलका नेता, संघसंस्थाका प्रतिनिधि र सर्वसाधारण पनि त्यहाँ पुगेका छन् ।

त्यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्‍यार्पण गरेका छन् । उनले माल्यार्पण गरिरहँदा उनका समर्थकहरुले ‘गणतन्त्र मुर्दावाद’ को नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्