Logo
Logo

नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशकद्वारा राजीनामा



काठमाडौं । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले पदबाट राजीनामा दिएका छन् ।

उनले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएका हुन् । दाहालले दिएको राजीनामा स्वीकृत भइसकेको मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए ।

उनी नारायणहिटी दरबार संग्रहालय परिसरको जग्गा बतास समूहलाई रेष्टुरेन्ट सञ्चालनका लागि ठेक्का दिएको प्रकरणमा विवादमा मुछिएका थिए ।

छानबिन समितिले नारायणहिटी दरबार संग्रहालय परिसरमा बतास समूहलाई क्याफेटेरिया बनाउन जग्गा भाडामा दिँदा कार्यकारी निर्देशक दाहालको कमजोरी भएको औंल्याएको थियो । छानबिन समितिले मिलेमतोमा सम्झौता भएको प्रतिवेदन बुझाएसँगै दाहालले राजीनामा बुझाएका थिए ।

जग्गा भाडा दिएको विषय विवादित बनेपछि मन्त्री आलेको निर्देशनमा छानबिन समिति बनेको थियो । समितिले पुस २६ गते मन्त्री आलेलाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्