Logo
Logo

एकैदिन २ हजार ४४४ जनामा कोरोना पुष्टि, उपत्यकामा १२ सय बढी संक्रमित


1.5k
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

१४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ तथा एन्टिजेन विधिबाट ४६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ५२२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकामा १२ सय ८६ जना संक्रमित थपिएका छन् । यसमध्ये काठमाडौँमा ९८० जना, ललितपुरमा २२१ जना तथा भक्तपुरमा ८५ जना रहेका छन् । यो सङ्ख्या कूल सङ्क्रमितको ५० प्रतिशतभन्दा बढी हो ।

यही अवधिमा थप ३१३ जना निको पनि भएका छन् । हालसम्म देशमा कूल सङ्क्रमितमध्ये ८ लाख १४ हजार ७९८ जना सङ्क्रमणमुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ११ हजार ६०७ जनाको मृत्यु भएको छ । हाल नेपालमा ९ हजार ५२२ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्