Logo
Logo

सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने


315
Shares

ललितपुर । ललितपुरमा सार्वजनिक सवारी साधनले स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै मंगलबार राति १२ बजेदेखि सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने निर्णय गरेको हो ।

प्रशासनले जारी गरेको निर्देशन अनुसार सार्वजनिक सवारीमा यात्रा गर्ने सबै यात्रुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, सवारी साधनको ढोकामा सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउनुपर्ने तथा दैनिक रुपमा सवारी साधनलाई सेनिटाइजर गर्नुपर्ने छ ।

सूचनामा सार्वजनिक स्थानहरु ९कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि स्थानमा प्रवेश गर्दा यही माघ ७ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड ९मोबाइलमा फोटो भएपनि हुने, साथमा राख्ने र सबै निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेशको अनुमतिको व्यवस्था गर्न भनिएको छ।

यस्तै, कोभिड–१९ को लक्षण देखिएका तथा संक्रमितको सम्पर्कमा परेका व्यक्तिहरुले नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको एन्टिजेन तथा पीसीआर परीक्षणका लागि सम्बन्धित स्थानीय तह, र स्वास्थ्य कार्यालयसँग सम्पर्क गरी परीक्षण गराउन, भीडभाडबाट बच्न तथा बचाउन सतर्क रही स्वास्थ्य मापदण्डको प्रभावकारी पालना गर्ने गराउने निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस्