Logo
Logo

अध्यागमन अधिकृतको कमाई १५ वर्षमा दुई करोड


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ जेठ ।
अध्यागमन कार्यालय¸ त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल काठमाण्डौका अध्यागमन अधिकृत रमाकान्त अर्यालले गरी गैरकानूनी सम्पत्ति आर्जन गरी उच्च जीवन यापन गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको छ ।

१५ वर्षको अवधिमा उनले दुई करोड रुपैयाँ अकुत रुपमा कमाएको आरोपमा आयोगले मुद्दा दायर गरेको हो ।
सार्वजनिक सेवामा प्रवेश मिति २०५९।५।२३ देखि मिति २०७५ मंसिर मसान्तसम्मको जाँचअवधिको आयव्यय तथा सिर्जित सम्पत्तिहरु उपर बिश्लेषण गरी हेर्दा निजले तलव¸ भत्ता¸ कर्जा¸ कृषि आय¸ स्त्रिधन¸ अंश नगद र जग्गा विक्री लगायतबाट जम्मा दुई करोड उनान्चास लाख बयानव्बे हजार सात सय तीस) आय आर्जन गरेका थिए । सोही अवधिमा उनले आफू र श्रीमती सरिता नेपाल समेतका नाममा खरिद गरी राखेका एवं लगानी गरेको चल अचल सम्पत्तिहरु जग्गा खरिद¸ घर निर्माण¸ सवारी साधन खरिद¸ लगानी तथा खर्च एवं विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा मौज्दात लगायतमा चार करोड छपन्न लाख एकासी हजार आठ सय एकचालीस खर्च तथा लगानी गरेको देखिँदा उनको दुई करोड छ लाख उनानव्बे हजार एक सय एघार रुपैया अकुत सम्पति कमाएको ठहरसहित आयोगले मुद्दा दायर गरेको हो । उनको श्रीमतीलाई समेत प्रतिवादी बनाएर आयोगले मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्