Logo
Logo

बार्सिलोनालाई हराउँदै रियल फाइनलमा



काठमाडौं । सेमिफाइनल खेलमा क्याटलान क्लब बार्सिलोनालाई ३-२ ले पराजित गर्दै रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति साउदी अरबको रियादमा भएको खेलमा रियलले तीन पटक अग्रता लिँदै खेल आफ्नो पक्षमा ल्याएको थियो ।

रियलको जितमा भिनिसियस जुनियर, करिम बेन्जेमा र फेडेरिको भाल्भर्डेले १-१ गोल गरे । बार्सिलोनाको लागि लुक डे योङ र अन्सु फातीले १-१ गोल फर्काए ।

खेलको २५औँ मिनेटमा भिनिसियसको गोलमा रियलले अग्रता लियो । ४१औँ मिनेटमा बार्सिलोनाका लुक डे योङले गोल गर्दै पहिलो हाफ १-१ को स्थितिमा पुर्‍याए । ७२औँ मिनेटमा बेन्जेमाले रियललाई २ १ को अग्रता बनाए । पुनः फातीले गोल गर्दा खेल ८३ मिनेटमा बराबरीमा पुग्यो । खेलमा इन्जुरी समयको ९ मिनेटमा गोल गर्दै भाल्भर्डेले गोल गर्दै रियललाई फाइनलमा पुर्‍याए ।

प्रतिक्रिया दिनुहोस्